SHARE
बुटवल टुडे · बिहीबार १४ फागुन २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताए ।