SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०२:०९ AM · 1 मिनेट पढाइ

गुल्मीमा गाईपालकका लागि राहत : दश हजारसम्म अनुदान

गुल्मी, ०९ साउन ।  गुल्मीको सत्यवती गाउँपालिकामा गाई पालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । पालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईको लागि प्रोत्साहन स्वरूप प्रति गाई दश हजार रूपैंया अनुदान उपलब्ध गराउने भएको हो ।