SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०२:४१ AM · 1 मिनेट पढाइ

सिँचाइका संरचना तयार, तर भारतले छोडेन महाकालीको पानी

दोधारा चाँदनी, ०९ साउन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेली सम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । फुलेली देखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ । मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा नहरमध्ये आधा निर्माण भइसकेका छन् ।