रौतहटको गौरमा भोलिदेखि कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर भोलि९आइतबार पनि कर्फ्यु आदेश निरन्तरता दिएका छन् । आज दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
