SHARE
बुटवल टुडे · आइबार​ १० फागुन २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा

नवलपरासी । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन गाउँका बासिन्दा भने चुनावी नाराभन्दा आफ्नो दैनिक सङ्घर्षको समाधान खोजिरहेका छन् । बर्सेनि डुबान, आधारभूत पूर्वाधारको अभाव, माध्यमिक तहको विद्यालय नहुँदा शिक्षा छाड्ने बाध्यता र रोजगारीको सीमित अवसर यहाँका मुख्य समस्या बनेका छन् ।