SHARE
बुटवल टुडे · आइबार​ १० फागुन २०८२ ०५:१३ AM · 1 मिनेट पढाइ

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१)  रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पु¥यायो भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।