SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०५:०२ AM · 1 मिनेट पढाइ

रेशम चौधरीको कडा सन्देश: पार्टीलाई बन्धक बनाउन पाइँदैन 

काठमाडौं, ९ साउन। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरीलाई केन्द्रीय समितिको बैठकमा उपस्थित भई आफूमाथि लागेका आरोपको स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। कास्कीको लिचीबारी प्रकरणमा संलग्न बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेकी अध्यक्ष रञ्जितालाई रेशमले बैठकमा आएर जवाफ दिनु अनिवार्य रहेको बताएका हुन्।