SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०५:०५ AM · 1 मिनेट पढाइ

पद स्थापनको खर्च सामाजिक कार्यमा

बुटवल, ९ साउन । रोटरी क्लब अफ बुटवल डाउनटाउनको २४ औ पद स्थापन कार्यक्रम फरक ढंगबाट गरिएको छ । कार्यक्रममा अतिथि सत्कार, मालाखादा, मायाको चिनो लगायतमा हुने फुजल खर्चको करीब डेढ लाख रुपैया विभिन्न संघसंस्थाहरुलाई छात्रवृत्ति र सहयोग वितरण गरि मनाईयो ।