SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०१:३० AM · 1 मिनेट पढाइ

चरौदी बस दुर्घटना: दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु (धादिङ)। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो ।   दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।