SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०५:३८ AM · 1 मिनेट पढाइ

भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला दिल्ली विमानस्थलबाट पक्राउ, रुपन्देही हुँदै काठमाडौं पठाइयो

बुटवल, ९ साउन । भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतकाे दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ।