SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०४:२५ AM · 1 मिनेट पढाइ

सम्पदा र संस्कृतिमा दलहरूको प्राथमिकता

सम्पदा र संस्कृति कुनैपनि समुदायको पहिचानको मात्र कुरा नभएर सामाजिक विकासको अभिन्न अंग समेत हो । नागरिकका दैनिक व्यवहारहरू, सामाजिक सम्बन्धहरू र समाज तथा राष्ट्रप्रतिको दृष्टिकोण सम्पदा र सस्कृतिले निर्धारण गरिरहेको हुन्छ । यसभित्र समुदायको लामो इतिहास समेटिएको हुन्छ भने समुदायलाई ’हामी’ भन्ने भावनाले बाँधेको हुन्छ । संस्कृति र सम्पदा प्रमुख पर्यटकीय आकर्षण समेत हुन् ।