SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०५:३५ AM · 1 मिनेट पढाइ

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेका हुन् ।