SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

संयोजक दाहालद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा आज बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले म अत्यन्त मर्माहत भएको बताएका छन् ।