धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैंसेगौडामा दुर्घटना भएको थियो । उक्त बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
