SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

किशोरी मृत फेला

हुम्ला । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका–७ को डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ः०० बजे १७ वर्षीया निशा सुनार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।