SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०६:०९ AM · 1 मिनेट पढाइ

उपनिर्वाचनको तयारीमा कांग्रेस : रुपन्देही–३ केन्द्रित पदाधिकारी बैठक सम्पन्न

काठमाडौं, ९ साउन। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे केन्द्रित रहेको छ । उपनिर्वाचनबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबाहेक रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत बैठकमा बोलाएका थिए  ।