SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०७:५९ AM · 1 मिनेट पढाइ

बदर मत सङ्ख्या घटाउन गाउँगाउँमा मतदाता शिक्षा

बागमती । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मत बदर हुने दर घटाउने उद्देश्यले मकवानपुरमा ११५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । मकवानपुरको १० वटै पालिकाको १०५ वटा वडामा एक÷एक जनाको दरले १०५ जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा एक÷एक जनाका दरले १० जना अनुगमन कर्ता परिचालन गरिएको हो ।