SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०८:११ AM · 1 मिनेट पढाइ

संविधान पुनर्लेखनको एजेन्डा दोहोर्‍याउँदै यादव, बालेनप्रति कटाक्ष

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखनको बहसलाई पुनः अगाडि सार्दै वर्तमान राजनीतिक संरचनाबाट देशले निकास नपाउने बताएका छन् । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानमा व्यापक संशोधन वा पुनर्लेखन नगरी राजनीतिक स्थायित्व सम्भव नरहेको दाबी गरे ।