SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०८:३० AM · 1 मिनेट पढाइ

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

म्याग्दी (बेनी) ।  यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन कर्मचारीलाई तालिम दिन थालिएको छ । जिल्लामा रहेका ८२ मतदान स्थलमा १२० स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।