SHARE
बुटवल टुडे · सोमबार ११ फागुन २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

सुरक्षित मातृत्व प्रदेश सरकारको पहिलो प्राथमिकता हुन्छ: मन्त्री सारू

चन्द्रौटा (कपिलवस्तु) । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले मातृ मृत्युदर उच्च रहेको पालिकाहरूमा सुरक्षित मातृत्व अभियान सञ्चालन गरिएको बताएका छन् । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भएको एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री सारूले मातृ तथा शिशु स्वास्थ्य प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे ।