SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०६:२८ AM · 1 मिनेट पढाइ

सदस्यता रोकिएपछि भण्डारीको राजनीतिक सक्रियता, आज पत्रकार सम्मेलन

काठमाडौं, ९ साउन। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सदस्यता नवीकरण रोकिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ राजनीतिक रणनीति तय गर्न थालेकी छिन्। त्यसैको पहिलो चरणस्वरूप उनले आज (शुक्रबार) दिउँसो काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। भण्डारीले उक्त पत्रकार सम्मेलनमार्फत आगामी राजनीतिक योजनाबारे सार्वजनिक रूपमा धारणा राख्नेछिन्।