गृहमन्त्री अर्यालद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गए राति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले कलङ्कीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिएका हुन् । त्यस अवसरमा मन्त्री अर्यालले घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकता दिएकाले कुनै सन्देह नलिन सुझाव दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
