इरानको जेलबाट रिहा गरिएका पाँच नेपाली स्वदेश फर्किए
काठमाडौँ, ९ साउन। सरकारले इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई स्वदेश फर्काएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इरानको अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार ९साउन ८ गते० उनीहरूलाई काठमाडौं ल्याइएको हो। उद्धार प्रक्रिया तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा सम्पन्न गरिएको मन्त्रालयले जानकारी दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
