SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०७:१० AM · 1 मिनेट पढाइ

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिइन ।