SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०७:३६ AM · 1 मिनेट पढाइ

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

चितवन । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए ।