SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

अमेरिकी विश्वविद्यालयमा भएको गोली हानाहानमा २ जनाको मृत्यु, एक घाइते

अमेरिका । संयुक्त राज्य अमेरिकाको दक्षिणी विश्वविद्यालयमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै एक घाइते भएको अधिकारीहरूले बताएका छन् । साउथ क्यारोलिना स्टेट युनिभर्सिटीले ह्युगिन सुइट्स विद्यार्थी आवासीय कम्प्लेक्सको अपार्टमेन्टमा गोली हानाहानको रिपोर्ट प्राप्त गरेपछि क्याम्पसमा लकडाउन भएको बताएको छ ।