SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

पेस्तोलसहित पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एक थान पेस्तोल र त्यसको चार राउन्ड गोलीसहित आज एक जना पक्राउ गरेका छन् । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त हतियारसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।