SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

वृद्धाको हत्या गरेर गरगहना लुट्ने २ युवक पक्राउ

दार्चुला (खलङ्गा) ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।