SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०९:१३ AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसका ४ सांसदको विषयगत समिति फेरबदल

काठमाडौँ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका चार सांसदहरूको विषयगत समिति हेरफेर गरिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे प्रस्ताव प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मतिले पारित गर्‍यो। हेरफेरअनुसार, दिक्पालकुमार शाही कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा गएका छन्। विष्णुकुमार कार्की त्यही समितिबाट पूर्वाधार विकास समितिमा सरुवा भएका छन्।