SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा विज्ञान सामाग्री प्रदर्शनी सुरु (फोटो फिचर)

अर्घाखाँची १ फागुन । विद्यार्थीको नवीनतम प्रतिभाको विकास गर्न अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला स्तरीय विज्ञान सामाग्री प्रदर्शनी सुरु भएको छ । विज्ञान शिक्षा प्रवर्द्धन कार्यक्रम अन्तर्गत जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा भएको विज्ञान सामाग्री प्रदर्शनीमा जिल्लाभरका २६ वटा विद्यालयले सहभागिता जनाएका छन् ।