SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०२:५६ PM · 1 मिनेट पढाइ

बुटवलको आर्थिक सम्भावनाबारे निजी क्षेत्रको चासो पौडेलसँग नीतिगत सुधारको माग

बुटवल । बुटवलका उद्योगी तथा व्यवसायीहरूले बुटवल शहरको आर्थिक सम्भावना, पूर्वाधार विकास र व्यापार प्रवर्द्धनसँग सम्बन्धित विषयमा व्यापक छलफल गर्दै पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका छन्। व्यवसायीहरूले बुटवललाई प्रदेशकै प्रमुख आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।