SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०४:४५ PM · 1 मिनेट पढाइ

उद्यमशीलता विकासमा महिलामैत्री वातावरण निर्माण सरकारको प्राथमिकता : मन्त्री सिन्हा

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्यमशीलता विकासमा महिलामैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन। न्यू विजनेश एज लिमिटेडको आयोजनामा आयोजित न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२६’ लाई सम्बोधन गर्दै मन्त्री सिन्हाले महिलालाई रोजगारीको अवसर दिलाउने भन्दा रोजगारदाता र नेतृत्वकर्ताको रुपमा सक्षम बनाउनु आजको आवश्यकता भएको बताए ।