SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ०५:१५ PM · 1 मिनेट पढाइ

पेस्तोलसहित एकजना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालीमा बनेको पेस्तोल र सोको तीन राउन्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई आज साँझ सुनसरीको जमुवास्थित सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।