SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ ०२:३८ AM · 1 मिनेट पढाइ

भुड्कीचोकबाट उठेको ब्रान्ड

बुटवल, २ फागुन । बुटवल भुड्कीचोकको सानो सटरभित्र राति अबेरसम्म बत्ती बल्थ्यो । काउन्टर सुनसान हुन्थ्यो, तर एउटा युवाको मन भने प्रश्नले भरिएको हुन्थ्यो– “के विदेशको जागिर छोड्नु गल्ती भयो ?”, “के यो निर्णयले परिवारलाई जोखिममा पा-यो ?” त्यो सटर केवल क्याफे थिएन, मेहनती युवाको सपना र डरबिचको संगमस्थल थियो । र त्यसको केन्द्रमा थिए ३४ वर्षीय युवा विकास खत्री ।