SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ ०५:०५ AM · 1 मिनेट पढाइ

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । सङ्घले श्रद्धाञ्जलीसभाको आयोजना गरी सो घोषणा गरेको हो ।