SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ ०६:०३ AM · 1 मिनेट पढाइ

बालेन शाह आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)  ले आज तीन जिल्लामा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्ने भएका छन् । पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा पुगेर कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्नेछन् ।