SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

वेष्टर्नद्धारा रुपन्देही पराजित

बर्दघाट, २ फागुन । एक्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा जारी यू–१९ खड्क प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा वेष्टर्न क्रिकेट एकेडेमी विजयी भएको छ । रुपन्देही क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्दै वेष्टर्नले महत्वपूर्ण जित हात पारेको हो ।