SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ ०५:१८ PM · 1 मिनेट पढाइ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार हुनुभएका ५६ मध्ये आठ जनाले मात्रै बैङ्क खाता खोलेको छन । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा चार, निर्वाचन क्षेत्र नं २ मा दुई र निर्वाचन क्षेत्र नं ३ मा दुई उम्मेदवारले मात्रै बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ ।