SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०२:४७ AM · 1 मिनेट पढाइ

पूर्वाधारमा अब्बल बुटवल

बुटवल  । बुटवल उपमहानगरपालिका भौतिक पूर्वाधारको क्षेत्रमा अब्बल हुँदै गएको छ । विगत लामो समयदेखि पूर्वाधार विकासको लागि अगाडि बढेको बुटवलले सहरी क्षेत्र मात्र होइन नगरका ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि यथेष्ट बजेट विनियोजन गरी योजनबद्ध विकासमा अगाडि बढेको हो । करिब २ लाख जनसङ्ख्या रहेको बुटवलले बुटवल काठमाडौँ उपत्यका बाहिर विकासका दृष्टिले अग्रणी सहर हो ।