भैरहवास्थित शिव मन्दिरमा भक्तजनको घुइँचो
भैरहवा । आज महाशिवरात्रिको अवसरमा सिद्धार्थनगर नगरपालिका–८ स्थित शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धार्मिक आस्था र श्रद्धाले भरिएको वातावरणमा हजारौँ भक्तजनले भगवान् शिवको दर्शन तथा पूजा अर्चना गरिरहेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार आज बिहान २ बजेदेखि मन्दिरको मुख्य प्रवेशद्वार खोलिएको हो, त्यसयता भक्तजनको आवागमन निरन्तर बढिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
