SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

इरान र अमेरिका बीच आणविक वार्ता पुनः सुरु हुने

जेनेभा । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले वार्ता जेनेभा शहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् । यसअघि पहिलो चरणको वार्ता अप्रत्यक्ष रूपमा ओमानको मध्यस्थतामा सम्पन्न भएको थियो ।