SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०७:५१ AM · 1 मिनेट पढाइ

इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्नः संस्कारयुक्त शिक्षामा जोड

बुटवल । बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरेका थिए ।