SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०९:०८ AM · 1 मिनेट पढाइ

प्रतिकूल मौसमले गोसाईंकुण्ड तीर्थयात्रा प्रभावित

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाईंकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाई सेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो ।