SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

टी–२० विश्वकप: नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।