SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०४:५५ PM · 1 मिनेट पढाइ

महाशिवरात्रि :देशभरका शिवालयमा चार प्रहरमा चार किसिमका पूजा जारी

काठमाडौँ । महाशिवरात्रिको रात्रिमा अहिले पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बेलुकी करिब ६ बजे सुरु भएको चार प्रहरको पूजा सोमबार बिहान ६ बजेसम्म जारी रहने कोषका सूचना अधिकारी अनिता भट्टले जानकारीे दिए ।