SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०२:५६ PM · 1 मिनेट पढाइ

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदको अविश्वास प्रस्ताव दर्ता

बुटवल, ९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेस संसदीय दलभित्र अन्तरद्वन्द्व सुरु भएको छ। कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बहादुर सिंह लामा वर्तमान मुख्यमन्त्री छन् भने कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको कुर्सी हत्याउने खेलमा छन्।