SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०३:०४ PM · 1 मिनेट पढाइ

नेपालगञ्जमा युवतीको विभत्स हत्या : हत्यापछि आफैँ प्रहरीमा उपस्थित

नेपालगञ्ज, ९ साउन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा एक युवतीको विभत्स ढंगले हत्या भएको छ। दैलेख घर भई हाल नेपालगञ्जमा बसोबास गर्दै आएकी २२ वर्षीया निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ। निर्मला विगत दुई वर्षदेखि नेपालगञ्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रुपमा कार्यरत थिइन् ।