SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।