SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०२:०७ AM · 1 मिनेट पढाइ

निर्वाचन आचारसंहिता के हो ? नेताहरूले के गर्न पाउँछन्, के पाउँदैनन् ?

बुटवल ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को जारी गरी लागू गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् ।