SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०४:५४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

नवलपरासी । आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।